मौवा खोलाले धार परिवर्तन गरेपछि झन् समस्या, पृथ्वीराजमार्ग आज पनि नखुल्ने

सफल खबर संवाददाता

बुधबार, ०७ साउन २०७७, १२ : ४६
मौवा खोलाले धार परिवर्तन गरेपछि झन् समस्या, पृथ्वीराजमार्ग आज पनि नखुल्ने

काठमाडौं । बाढी–पहिरोले पृथ्वीराजमार्गको धादिङ खण्डको मौवा खोलाको पुल बगाएपछि पृथ्वीराजमार्ग ठप्प छ । 

धादिङ र चितवनको सीमामा रहेको मौवा खोलाको पुल बगाएर पृथ्वीराजमार्ग ठप्प हुँदा राजधानी काठमाडौंसँगको सम्पर्क टुटेको ३६ घण्टा भइसक्यो । 

आज पनि सडक खुल्ने सम्भावना नभएको अधिकारीहरुले बताएका छन् । प्रहरीका अनुसार डोजरहरूको प्रयोग गरेर खोलाले बगाएर ल्याएको गेग्य्रान फाल्ने, ग्याबिन वाल लगाउने काम भइरहेको छ । 

अहिले मौवा खोलाले आफ्नो धार परिवर्तन गरेकोले झन समस्या थपिएको छ । खोलालाई  पहिले बगेको ठाउँमा नफर्काएसम्म समस्या हुने देखिएकोले पुरानै ठाउँमा फर्काउने काम भइरहेको प्रहरीले जनाएको छ । मौवा खोलाको पुलसँगै त्यहाँको १५ मिटर सडक खोलाले बगाएको छ ।