काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले वर्षाको समयमा बढी भएको विद्युत् छिमेकी देशमा बिक्रीका लागि मार्ग प्रशस्त भएको छ । नेपालमा उत्पादन भएको तर खपत हुन नसक्ने अतिरिक्त विद्युत् भारत, बङ्गलादेशमा बिक्रीका लागि मार्ग प्रशस्त भएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा खपत हुन नसक्ने विद्युत् वा आन्तरिक उत्पादनम कमी आई अपुग हुने विद्युत् खरिदका लागि समेत मार्ग प्रशस्त गरेको छ ।
छिमेकी मुलुक भारत र बङ्गलादेशतर्फ वा ती देशबाट बोलपत्र वा ‘डे अहेड’, ‘टर्म अहेड’लगायत अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा बिक्री वा खरिद गर्न सकिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । विद्युत् बिक्री वा खरिद गर्न स्वीकृति दिएको सरकारले प्राधिकरणलाई खरिद वा बिक्रीको सम्पूर्ण चरणको विद्युतीय अभिलेखसमेत राख्नसमेत अख्तियारी प्रदान गरेको छ ।
विशेषगरी मनसुनको समयमा देशभित्र उत्पादित सबै विद्युत् खपत हुन नसक्दा विभिन्न प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गर्ने गरिएको छ । प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार नदीमा जलसतह बढेका कारण प्राधिकरणको आफ्नै स्वामित्वका आयोजना र निजी क्षेत्रका आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेका छन् ।
नेपालको कूल जडित क्षमता नै एक हजार ३५० मेगावाट बराबर रहेको छ । वर्षाका कारण एकाध आयोजनाबाट उत्पादित विद्युत् मात्रै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुन सकेको छैन । प्राधिकरणका अनुसार प्राधिकरण आफैँको आठ हजार ६४७ मेगावाट घण्टा, निजी उत्पादकको १० हजार ७३० मेगावाट घण्टा विद्युत् उत्पादन भइरहेको छ । यस्तै ३२१ मेगावाट घण्टा विद्युत् निर्यात भइरहेको छ भने एक हजार ८४९ घण्टा विद्युत् आयात भइरहेको छ । वर्षाका कारण ५३० मेगावाट घण्टा विद्युत् प्रवाहमा समस्या रहेको छ । देशभरको कूल माग भने २१ हजार ७५६ मेगावाट घण्टा रहेको छ ।
यस्तै सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विभिन्न ५० आयोजना तथा कार्यक्रमका लागि आव ०७७÷७८ मा आवश्यक पर्ने राजपत्राङ्कित श्रेणाीका विभिन्न पदमा ३६७ अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०६ साउन २०७७, २१ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ढल्केबर सबस्टेसनबाट विद्युत आपूर्ति शुरू
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
संसद् बैठक अझै बस्न सकेन
विद्युत् प्राधिकरणको सञ्चालकमा दुई सदस्य नियुक्त
१५ दिनभित्र विद्युतको बक्यौता रकम नउठे प्रक्रिया अनुसार अघि बढ्छौँ : कुलमान घिसिङ
पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङ