एकैदिन ६०९ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या १२ हजार ४७७ पुग्यो

सफल खबर संवाददाता

मंगलबार, ०६ साउन २०७७, १६ : २१

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६०९ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १२ हजार ४७७ पुगेको छ । जुन जम्मा संक्रमितको ६९.३४ प्रतिशत हो ।