आजको मौसम : अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

सफल खबर संवाददाता

मंगलबार, ०६ साउन २०७७, ०८ : २३
आजको मौसम : अधिकांश स्थानमा  भारी वर्षाको सम्भावना

फाइल फोटो

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभाव तथा मनसुनी न्यून चापीय रेखा नेपाल तिर सरेका कारण देशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको र यो क्रम जारी रहने जनाएको छ ।

मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । अहिले पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले बताएका छन् ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्।

सोमबार देश भरिमा सबैभन्दा बढी प्रदेश ५ को रुपन्देहीमा भारी वर्षा भएको मौसमविदले जनाएका छन् ।  रुपन्देहीमा रातभरमा ७० मिलिलिडर भन्दा बढी वर्षा भएको छ । आइतबारदेखि सोमबारसम्मको तथ्यांकमा प्रदेश २ को बारामा अति भारी वर्षा भएको थियो । 

प्रतिक्रिया दिनुहोस