काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरामा परी जिल्लामा एक जना बेपत्ता भएका छन् भने तीन घर बगाएको र दर्जनौँ घर डुबानमा परेका छन् । खैरहनी नगरपालिका–११ का अन्दाजी ३० वर्षीय राजु बोटेलाई राप्ती नदीमा माछा मार्ने क्रममा नदीले बगाएर बेपत्ता बनाएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई आज साँझ ६ः१० बजेको समयमा नदीले बगाएपछि खोजी कार्य जारी रहेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार त्रिशुली नदी बढेर ईच्छाकामना गाउँपालिकाको फिस्लिङमा तीन घर बगेका छन् । त्यहाँ कुनै मानवीय क्षति भने नभएको उहाँले जानकारी दिनुभयो ।
नारायणी नदी बढेसँगै भरतपुर महानगरपालिका वडा नं. २६ र १६ मा डुबान भएको छ । उहाँका अनुसार वडा नं. २६ का ३० घरका र १६ का १४ घरका बासिन्दालाई स्थानान्तरण गरिएको छ । नदीको बहाव बढ्दै गएकाले सतर्क रहन स्थानीय प्रशासनले आह्वान गरेको छ ।
नारायणी नदी किनारमा अनाथालय हाम्रो घरको आँगनसम्म पानीको बहाव आइपुगेको छ । पानी बढेमा त्यहाँ रहेका ३० जना आश्रितलाई अन्यत्र सारिने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बताउनुभयो । नारायणी नदीको सतह सतर्कताको सूचीभन्दा माथि रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०५ साउन २०७७, २० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा डोजर पल्टिँदा एकजना बेपत्ता
पोखरीमा कार डुब्दा दुईजना बेपत्ता, एकजना पौडिएर निस्किए
कैलालीमा नदीमा डुबेर भारतीय नागरिक बेपत्ता
बैतडीमा १८ वर्षीया किशोरी बेपत्ता
ताप्लेजुङमा खोलाले बगाउँदा दुई बालबालिका बेपत्ता
मकवानपुरको सिस्नेरीमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बेपत्ता