बैतडी । बैतडीमा १८ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ परेका छन्।
जिल्लाको पञ्चेश्वर गाउँपालिकास्थित महाकाली प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार कृष्ण जोशी किशोरी बेपत्ताको आरोपमा अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको हो।
पञ्चेश्वर गाउँपालिका–१ की १८ वर्षीया किशोरी शुक्रबार बिहानदेखि बेपत्ता छिन्। आफन्त र स्थानीयले प्रहरी हवल्दार जोशीले किशोरीलाई बेपत्ता पारेको आरोप लगाएका छन्।
शुक्रबार बेलुका उनीहरूले महाकाली प्रहरी चौकीका इन्चार्जसमेत रहेका जोशीलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए।
किशोरी बेपत्ता पारेको आरोपपछि थप अनुसन्धानका लागि शुक्रबार राति नै जोशीलाई सदरमुकाम ल्याइएको प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए।
ती किशोरी र प्रहरी हवल्दार जोशीको चिनजान थियो। बोलचाल पनि हुने हुनाले उनैले किशोरीलाई भगाएको परिवारको आरोप छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ असोज २०८१, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माछा मार्न गएका युवक नदीमा बेपत्ता
त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन
१० यात्रु सवार विमान अलास्का क्षेत्रबाट बेपत्ता
भेरी नदीमा खसेर दुई जना बेपत्ता
कर्णाली नदीमा डोजर पल्टिँदा एकजना बेपत्ता
पोखरीमा कार डुब्दा दुईजना बेपत्ता, एकजना पौडिएर निस्किए