हवाई सेवा र उड्ययन प्राधिकरणसम्बन्धी छुट्टाछुट्टै विधेयक संसद्‌मा दर्ता

सफल खबर संवाददाता

आइतबार, २० माघ २०८१, १४ : १३
हवाई सेवा र उड्ययन प्राधिकरणसम्बन्धी छुट्टाछुट्टै विधेयक संसद्‌मा दर्ता

काठमाडौँ । संसद्मा हवाई सेवा र नागरिक उड्ययन प्राधिकरणसम्बन्धी छुट्टाछुट्टै विधेयक दर्ता भएको छ ।

संघीय संसद् सचिवालयमा नेपाल नागरिक उड्ययन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक-२०८१ र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक-२०८१ आइतबार दर्ता भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेले दुईवटै विधेयक संसद्‌मा दर्ता गरेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नियामक र सेवा प्रदायकसम्बन्धी दुवै प्रकारका कार्यहरू सम्पादन हुँदै आइरहेकोमा त्यसलाई फरक बनाउनका लागि उक्त विधेयक ल्याइएको मन्त्री पाण्डेले विधेयक ल्याउनको उद्देश्यमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस