थप १७३ जना कोरोना संक्रमित निको भएर घर फर्किए, ६६.५१ प्रतिशत संक्रमितले जिते कोरोना

सफल खबर संवाददाता

सोमबार, ०५ साउन २०७७, १६ : २४

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १७३ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ११ हजार ८६८ पुगेको छ । जुन जम्मा संक्रमितको ६६.५१ प्रतिशत हो ।