पहिरोले गोठ पुरिँदा एक महिलाको मृत्यु, १० वटा बाख्रा पनि मरे

सफल खबर संवाददाता

सोमबार, ०५ साउन २०७७, १५ : २५
पहिरोले गोठ पुरिँदा एक महिलाको मृत्यु, १० वटा बाख्रा पनि मरे

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–४ फुजेलमा पहिरोमा परि एक महिलाको मृत्यु भएको छ । 

सोमबार मध्यान्ह १२ बजेतिर घर नजिकैको गोठमा बाख्रालाई घाँस हाल्न गएकी करिब ३४ वर्षीया लक्छीमाया गुरूङको पहिरोमा पुरिँदा मृत्यु भएको हो ।  मृतक महिलाको श्रीमान् र दुई छोरा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाकाका अनुसार पहिरोले गोठ भत्काएर बगाउँदा महिला बेपत्ता थिइन् । ताङ्लीचोकबाट गएको प्रहरी टोलीले खोजी गर्दा महिलाको शव फेला पारेको हो । सडक भासिएर पहिरो आएको थियो ।

पहिरोमा परेर गोठमा रहेका १० वटा बाख्रा पनि मरेका छन् । 

प्रतिक्रिया दिनुहोस