काठमाडौंको पहिरोमा पुरिएर एक युवाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०५ साउन २०७७, १० : १०
काठमाडौंको पहिरोमा पुरिएर एक युवाको मृत्यु

काठमाडौंँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ मा पहिरोले पुरिएर एक युवकको ज्यान गएको छ ।

अविरल वर्षासंगै खसेको पहिरोका कारण गागलफेदी स्थित घट्टेखोलामा २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी परिसर काठमाडौंकाले जनाएको छ ।

साँझ साथीभाइसँग उनी गागलफेदीको जङ्गलमा गएका थिए । खोला तिर गएको बेला पहिरो खस्दा उनको निधन भएको हो ।  नवराजको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पता महराजगञ्जमा राखिएको छ ।


 

प्रतिक्रिया दिनुहोस