पहिरो अपडेट

नारायणगढ–मुग्लिन सडक खण्ड आज दिनभर बन्द

सफल खबर संवाददाता

सोमबार, ०५ साउन २०७७, ०८ : ३८
नारायणगढ–मुग्लिन सडक खण्ड आज दिनभर बन्द

प्रतिकात्मक फोटो

काठमाडौं । अविरल बर्षाका कारण नारायणगढ– मुग्लीङ सडक खण्डको चार किलोमा आज सोमबार बिहान पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । 

 ठूलो पहिरोले झरेसँगै पूर्ण रुपमा सडक अवरुद्द भएकोम र हालसम्म पनि निरन्तर पानी परिरहेको र पहिरो खसिरहेकोले पहिरो हटाउन कार्य सुरु हुन नसकेको प्रहरीले जनाएको छ । 

चितवन प्रहरीका अनुसार सडक सुचारु हुन दिनभरी नै लाग्ने संभावना भएकाले यस सडक खण्ड भएर यात्रा नगर्न आम जनसमुदायलाई आग्रह वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस