काठमाडौं । सिद्धार्थ डेलभपमेन्ट बैंकका तत्कालिन संचालक मधुसुद सिलवाल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिलवाललाई आइतबार पक्राउ गरेको हो ।
तत्कालीन किष्ट बैंक र सिद्धार्थ विकास बैंकका सञ्चालकको मिलेमतोमा जम्को प्रकाशनमा गरिएको शंकास्पद लगानीमा सिलवाल तानिएका थिए । बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गर्दै ५ बर्ष कैद र १ करोड जरिवाना गर्ने फैसला गरेको थियो ।
०७३ मा अदालतले सिलवालको ३० लाख धरौटी जफत हुने फैसला गरेको थियो । मुद्दा फैसलापछि ५६ बर्षिय सिलवाल फरार थिए । सीआईबीका डीआईजी सहकुल थापाले सिलवाललाई फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ साउन २०७७, २१ : १७
लेखकबाट थप