काठमाडौँ । नेपालको कुल जनसंख्याको १ प्रतिशत व्यक्तिमा कोरोना परीक्षण भएको छ । कोरोनाभाइरसको पिसिआर विधिबाट परीक्षण भएको छ। तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या ३ करोड ६ सय ३४ छ । जसमध्ये ३ लाख ११ हजार ८ सय २९ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ।
सरकारले यसअघि कुल जनसंख्याको २ प्रतिशतमा परीक्षण गर्ने जनाएको थियो। तीन लाख बढीको पिसिआर परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ५ सय २ छ। जसमा ४० जनाको मृत्यु भएको छ भने ११ हजार ६ सय ३७ जना निको भएका छन्।
पछिल्लो एक साताको संक्रमण दर हेर्दा पनि संक्रमण हुने भन्दा निको हुने बढी छ । अहिले देशभर २५ वटा प्रयोगशालाहरूबाट पिसिआर विधिबाट परीक्षण भइरहेको छ। यी प्रयोगशालाबाट अहिले दैनिक साढे चार हजार जनाको परीक्षण हुँदै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ साउन २०७७, १७ : ०६
लेखकबाट थप