मंसिरमा महाधिवेशनको विषयलाई लिएर खुमलटारमा नेकपाका ६ नेताको जमघट

प्रधानमन्त्री ओलीसँग प्रचण्डले सहमति गरेको भन्दै प्रश्न उठेपछि प्रचण्डले बोलाए सचिवालयका ६ सदस्यको बैठक

सफल खबर संवाददाता

आइतबार, ०४ साउन २०७७, ११ : २२
मंसिरमा महाधिवेशनको विषयलाई लिएर खुमलटारमा नेकपाका ६ नेताको जमघट

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र देखिएको विवाद समाधान उन्मुख भएको टिप्पणी भईरहेका बेला अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा सचिवालयका ६ नेताको छलफल राखेका छन् ।

हिजो (शनिबार) को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मंसिरमै महाधिवशेन गर्न राखेको प्रस्तावमा प्रचण्डले पनि समर्थन जनाएपछि पार्टीका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका थिए । 

मंसिरमा महाधिवशेन सम्भव नहुने र ओलीले आफ्नो संकट टार्न भुलभुलैयामा पार्नलाई यो विषय ल्याएको भन्दै नेताहरुले प्रश्न उठाएपछि अध्यक्ष प्रचण्डको सचिवालयले कुनै सहमति भईनसकेको प्रष्टयाईसकेको छ । नेताहरुले भने ओली र प्रचण्डका बीचमा कुनै सहमती भएर त्यस्तो प्रस्ताव आएको हुन सक्ने आशंका गरिरहेका थिए । तर प्रचण्डको सचिवालयले भने कुनै सहमति भईनसकेको बताईसकेको छ । 

त्यही क्रममा आज (आईतबार) बिहान प्रचण्डले पार्टीका ६ नेतालाई बोलाएर यसबारेमा प्रष्टयाउन खोजेका हुन् । असन्तुष्ट नेताहरुलाई आफुले कुनै सहमति नगरेको जानकारी गराउन उनले खुमलटार बोलाएको बताईएको छ । छलफलका लागि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामवहादुर थापा बादल खुमलटार पुगेका छन् । 
 

प्रतिक्रिया दिनुहोस