काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम बदली भएका हुनाले धेरै स्थानमा वर्षा भईरहेको जनाएको छ ।
अहिले देशभर मनसुनी वायुको प्रभाव छ । यस्तै मनसूनी न्यून चापीय रेखा नेपाल तिर सरेकाले देशभर बदली तथा वर्षा भएको हो ।हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले जानकारी दिएका छन् । आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश १ र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यसैगरी राति देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश १ का थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ साउन २०७७, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
आजको मौसम : यी प्रदेशमा वर्षादेखि हिमपातसम्मको सम्भावना
आजको मौसम : सातै प्रदेशमा सामान्य वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा हल्का वर्षादेखि हिमपातको सम्भावना