नेकपा सचिवालय बैठक : अध्यक्षद्वयले सहमतिमा टुंग्याउने निर्णय

सफल खबर संवाददाता

शनिबार, ०३ साउन २०७७, १९ : ४२
नेकपा सचिवालय बैठक : अध्यक्षद्वयले सहमतिमा टुंग्याउने निर्णय

काठमाडौँ । आ–आफ्ना अडानमा रहेका नेकपाका दुवै पक्ष सहमतिका आधारमा समस्या समाधान गर्न तयार भएका छन् ।  शनिकार दिउँसो ३ बजेदेखि साझ ७ बजेसम्म बसेको बैठकले पार्टी विवादबारे कुनै निर्णय लिन नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘सहमतिका आधारमा सम्बोधन गरौँ, सहमतिका आधारमा निकास निकालौं भन्ने भएको छ । छलफल जारी छ । सचिवालयमा अझै छलफल गरेर पार्टी एकता रक्षा र सुदृढ गर्ने, जनादेशअनुसार काम गर्ने गरी अझै थप छलफल गर्ने निष्कर्ष निकालिएको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।

भोलिका लागि निर्धारत स्थायी कमिटी बैठक बस्ने श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस