फुटपाते पसल बढेको बढै , खुद्रा तरकारी मण्डी भने सुनसान

विहीबार, १७ फागुन २०७४, १० : १५
फुटपाते पसल बढेको बढै , खुद्रा तरकारी मण्डी भने सुनसान

भरतपुर : नारायगढको बालकुमारी उच्च मावि संगै एउटा मण्डी छ । २० बर्ष अघि देखि खुलेको मण्डीमा पुग्दा फट्टा फुट्टा मनिसहरु तरकारी खरिद गरिरहेको देखिन्छ । व्यावसायीहरु विहान र बेलुकीको समय कुरेर बसेका हुन्छन् । कारण हो विहान बेलुकी तरकारी किन्न आउनेको संख्या अलि बढ्छ । त्यही विहान बेलुकी विक्री हुने तरकारीको कमाईबाट व्यावसायीहरु आफ्नो व्यावसायलाई अगाडी बढाईरहेका छन् । २ दशक देखि यहि ढङगबाट बालकुमारी सब्जीमण्डी चल्दै आईरहेको छ । नारायणगढ बजारको खुद्रा मण्डी भनिए पनि उपभोक्ताहरु यस मण्डीमा तरकारी किन्न पुदैनन् । यसको मुख्य कारण हो लाईन्सचोकमा रहेको थोक मण्डी र फुटपातको । 


थोक मण्डीमा थोक विक्रेता मात्र नभई खुद्रा तरकारी किन्न उपभोक्ताहरु त्यही नै जान्छन् । त्यस्तै नारायणगढको लाईन्सचोकदेखि पुलचोकसम्मका चोक चोक र सडकपेटीमा राखेका फुटपात पसल पनि यसको अर्को कारण हो । भरतपुर महानगरले संचालन गरेको मण्डी सुनसान जस्तै बन्नु र अर्को तिर सडक मै फुटपात व्यावसाय संचालन हुनाले बजार थप अव्यवस्थित बन्दै गई रहेको छ । महानगरले पटक पटक फुटपातमा व्यवसाय गर्न निषेध गरेको भएपनि अहिले पनि यो समस्या समधान भएको छैन ।
भरतपुर महानगरले बरम्बार फुटपात व्यासायीलाई हटाए पनि डोका ,ढेला र सडकपेटीमा व्यावसाय गर्नेहरुको संख्या बढदो छ । फुटपात व्यावसायीलाई हटाउदा उनीहरुले विभिन्न माग राख्ने गर्दछन् । खास गरी कम लगानीमा व्यावसाय गर्न सकिने हुदा फुटपातमा व्यावसाय गर्नेको संख्यामा बृद्धि भईरहेको छ । मुख्य राजमार्गसगँ जोडिएकाले पनि बजारको चाप दिन प्रति दिन बढ्दो छ । जनघनत्व बढदै जानु र फुटपातमा व्यावसाय संचालन गर्नाले बजारमा हिड डुल गर्र्न समेत अप्ठारो हुन थालेको छ । 


नारायणगढ बजारमा २ दशक पहिले हालको कमलनगर चोकमा मण्डी संचालन हुन्थियो । त्यहाँबाट नगरपालिकाले यो सब्जी मण्डीमा व्यावसायीहरुलाई स्थान्तरण गरेको थियो । संचालनमा आएको ३ महिनासम्म त राम्रोसगँ चल्यो । मण्डीको सुरुवातमा बसेका व्यवसायीहरु अहिले कहाँ कहाँ पुगे पुगे , थाहा छैन, बालकुमारी सब्जीमण्ण्डी कर्याकारणीको सदस्य काशिराम अधिकारी बताउछन् । बजार राम्रो सगँ चल्छ की भन्दा भन्दै आशै आशमा २० बर्ष पनि बित्यो । २ विगाह क्षेत्रफलमा रहेको मण्डीमा २७ सटर छन् । सटरमा होटल ,मासु पसलहरु संचालनमा छन । १६ वटा क्याल अहिले पनि खाली छ । मण्डीमा ६५ जना व्यावसायी छन् । भरतपुर महानगरले एक क्यालको ५ सय रुपैयाँ उठाउने गरेको छ । २५ बर्षको लागि बालकुमारी उच्च माविसगँ भरतपुर महानगरले भाडामा लिएर संचालन गरेको मण्डीको समय सकिन अब ५ बर्ष छ । फुटपात हटाएर यस मण्डीमा ल्याउने र लाईन्सचोकको थोक बजार स्थान्तरण भएको खण्डमा बजार चल्ने बजारका सदस्य अधिकारी बताउँछन् । २०५४ साल चैत ७ गते उद्घाटन भएको मण्डीमा व्यवसाय गर्नेहरु यो समस्याको बारेमा अब महानगरले ध्यान दिनुपर्ने बताउछन् ।

प्रतिक्रिया दिनुहोस