सिन्धुपाल्चोकमा बाढी पहिरोको सन्त्रास

सिन्धुपाल्चोकको बाढी पहिरोका बेपत्ताको खोजीमा जुट्न प्रचण्ड र देउवाको पार्टी पंक्तिलाई निर्देशन

सफल खबर संवाददाता

विहीबार, २५ असार २०७७, ०९ : २६
सिन्धुपाल्चोकको बाढी पहिरोका बेपत्ताको खोजीमा जुट्न प्रचण्ड र देउवाको पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोक लगायतका देशभरका बाढी पहिरोका कारण बेपत्ता भएकाहरुको तत्काल खोजी अभियानमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गरेका छन् । 

बुधबार राति बाढीले सिन्धुपाल्चोकमा १५ घर बगाउनुका साथै दुई जनाको मृत्यु भएको छ,  ९ जना बेपत्ता भएका छन् । भोटेकोशीसँगै वरपरका खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा व्यापक क्षति पु¥याएको छ । अध्यक्ष प्रचण्डले उक्त क्षेत्रमा उद्दारका लागि पार्टी पंक्तिलाई निर्देशन गरेका हुन् । अध्यक्ष प्रचण्डले बझाङ, सिन्धुपाल्चोक लगायत देशका बिभिन्न स्थानमा बाढी र पहिरोका कारण ठूलो मानवीय तथा धनमालको क्षति भएको भन्दै प्राकृतिक विपत्तीमा परि निधन भएकाहरुको, परिवारमा समवेदना समेत व्यक्त गरेका छन् । 

प्रचण्डले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुक पेजमार्फत बेपत्ता भएकाहरुको खोजीका लागि स्थानीय प्रशासन तथा पार्टीपंक्तिलाई जुट्न अपिल गरेका हुन् । यस्तै काँग्रेस सभापति शेरबहादुर देउवाले पनि सिन्धुपाल्चोकको बाढी पहिरोमा उद्दारका लागि पार्टीका नेता कार्यकर्ता परिचालन हुन निर्देशन गरेका छन् । उनले पनि सामाजिक सन्जालमार्फत नै नेता कार्यकर्ता परिचालन हुन अपिल गरेका हुन् । 

यसैबीच सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोकको बाह्रविसे र जम्बु बजार लगायतमा बाढीपहिरोले क्षति पुयाएको स्थानको स्थलगत अवलोकनका लागि त्यसतर्फ लागेको सापकोटाको प्रेस विज्ञ श्रीधर न्यौपानेले सफलखबरलाई बताए । सापकोटा सिन्धुपाल्चोककै सांसद हुन् । सो स्थानमा गएराति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस