शैलेश थापा नयाँ आईजीपी नियुक्त

सफल खबर संवाददाता

मंगलबार, २३ असार २०७७, १९ : २७

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्री नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा थापालाई आईजीपी नियुक्त गरेको हो । 

आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबारबाट अनिवार्य अवकाश लिँदै छन्। २८औं आईजीपीको ‘दौड’मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाललाई पछि पार्दै थापा आईजीपी बनेका हुन् । 

प्रतिक्रिया दिनुहोस