काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक २४ असार सम्मलाई सरेको छ । आज बिहान ११ बजेका लागि तोकिएको वैठक फेरि दुई दिन पछि सार्ने निर्णय भएको हो । पार्टीभित्रको विवाद समाधानको कुनै सूत्र फेला परि नसकेको भन्दै नेकपाले बैठक फेरि सारेको हो ।
प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रको विवाद अन्यका लागि पहलकदमी लिनुको साटो आफ्नो तर्फबाट बिहिबार संसद अधिवशेन अन्त्य गर्ने तहसम्म पुगेपछि नेकपाभित्रको विवाद थप पेचिलो बनेको थियो । त्यसपछि शक्रबार एक दिन गृहकार्य गरेर शनिबार बैठक बस्ने भनिएको थियो ।
शनिबार पनि थप छलफल गर्ने भन्दै स्थगित गरिएको थियो । अहिले फेरि स्थगित भयो । र २४ असारका लागि पु¥याइएको छ । थप गृहकार्यका लागि बैठक स्थगितको सूचना आएको एक स्थायी समिति सदस्यले सफलखबरलाई वताए । नेकपामा अहिले विवाद समाधानको खोजीका लागि पार्टीका दुई अध्यक्ष निरन्तर छलफलमा छन् ।
आज पनि दुई अध्यक्ष बिच छलफल हुने बताईएको छ । स्थायी समिति बैठक दुई दिन स्थगित भएपछि छलफलका लागि समय भने तय भईसकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असार २०७७, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एकीकृत समाजवादीले अहिलेको पदाधिकारीलाई नै स्थायी कमिटी बनाउने
‘कांग्रेस–एमालेबाट परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र हुनसक्छ’
नेकपा स्थापनाको ७५ वर्ष पूरा, आज हीरक महोत्सव
नेकपा एस महाधिवेशन तयारीः राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन
दलहरूले जनतालाई झूटा आश्वासन दिन बन्द गर्नुपर्छ : रामकुमारी झाँक्री
एमालेले कात्तिक १४ गते चियापन गर्ने