काठमाडौं । कोरोना भाइरसको महामारीले रोजगारी गुमाएपछि तीन सातायता भारतबाहेकका मुलुकबाट करिब १४ हजार नेपाली घर फर्किएका छन्। यस अवधिमा देशका विभिन्न नाका प्रयोग गरेर भारतबाट घर फर्कनेको संख्या चार लाख हाराहारी रहेको अनुमान छ। अहिले फर्किएकाले चार्टर्ड हवाई उडान प्रयोग गरेका हुन्। अवरुद्ध अन्तर्राष्ट्रिय हवाई उडान सुरु भएपछि रोजगारी गुमाएर ठूलो संख्यामा नेपाली विदेशबाट फर्कने अनुमान कायमै छ।
रोकिएको अन्तर्राष्ट्रिय हवाई उडान सुरु नहुँदै परराष्ट्र मन्त्रालयले विदेशमा रोजगारी गुमाएकामध्ये कम्तीमा २५ हजारजनालाई उद्धार गर्नुपर्ने अवस्था देखिएको जनाउँदै आएको छ। रोजगारी गुमाएर अलपत्र परेकालाई उद्धार गर्न तीन सातादेखि चार्टर्ड उडान सुरु गरिएको थियो। यही क्रममा सर्वोच्च अदालतले हवाई टिकटको व्यवस्था गर्न नसक्नेलाई सरकारले नै निःशुल्क उद्धार गर्न आदेश दिइसकेको छ।
आदेशपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निःशुल्क उद्धार गर्न कार्यविधि तयार भइसकेको जनाएको छ। मन्त्रालयका सहसचिव सुमन घिमिरे कार्यविधि स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस भइसकेको बताउँछन्। उनी भन्छन्, ‘कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गर्नेबित्तिकै कार्यान्वयनमा जान्छ।’
रोकिएको अन्तर्राष्ट्रिय हवाई उडान सुरु भएसँगै रोजगारी गुमाएर विदेशबाट फर्कने नेपालीको संख्या बढ्ने र त्यसको असर आगामी वर्ष बढी पर्ने धेरैको अनुमान छ। वैदेशिक रोजगारीका क्रममा समस्यामा पर्दै आएकालाई निःशुल्क रूपमा कानुनी सहायता प्रदान गरिरहेका अधिवक्ता सोमप्रसाद लुइँटेल विदेशमा रोजगारी गुमाएर नेपाली फर्कने क्रम बल्ल सुरु भएको बताउँछन्।
रेमिट्यान्सको अवस्था
पछिल्लो ६ वर्षयता देशको कुल गार्हस्थ उत्पादनमा औसत २५ प्रतिशत हाराहारी रेमिट्यान्सको हिस्सा छ। आर्थिक वर्ष २०७२–७३ मा त जिडिपीमा रेमिट्यान्सको हिस्सा २९.६ प्रतिशतसम्म पुगेको थियो। गत आर्थिक वर्ष यो हिस्सा २५.४ प्रतिशत थियो। गत वर्ष वैदेशिक रोजगारीमा गएका युवाले आठ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएका थिए। चालू आर्थिक वर्षको जेठसम्म सात खर्ब ८० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नागरिक दैनिकमा खबर छ ।
कोरोनाका कारण वैदेशिक रोजगारीमा खासै असर नपर्ने तर्क गर्न थालेका छन्। अर्थमन्त्री युवराज खतिवडा कोरोनाले महामारीको रूप लिँदै गर्दा रेमिट्यान्समा ठूलै धक्का लाग्ने अनुमान गरिए पनि पछिल्लो तथ्यांक हेर्दा त्यस्तो असर पर्लाजस्तो नदेखिएको बताउँछन्।
सके गाडी, नभए मोटरसाइकल चढ्नेको संख्या महिनैपिच्छे वृद्धि भइरहेको छ। ग्रामीण बस्ती तीव्र गतिमा सहरीकरणमा रूपान्तरण भइरहेका छन्। सर्वसाधारणको खर्च गर्ने क्षमता बढेको छ। यसरी सर्वसाधारणको जीवनस्तर परिवर्तन हुनुको मुख्य कारण हो– रेमिट्यान्स। आमसर्वसाधारणको जीवनस्तर सुधार हुने गरी स्वदेशमै रोजगारीका कार्यक्रम सुरु गरिएका छैनन्। र, गरिएका त्यस्ता कार्यक्रमबाट अहिलेसम्म नतिजा पनि देखिएका छैनन्।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २० असार २०७७, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोजमा भित्रियो हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रेमिट्यान्स
एक वर्षको आर्थिक तथा वित्तीय स्थितिसहितको प्रतिवेदन सार्वजनिक, साढे १४ खर्ब रेमिट्यान्स भित्रियो (पूर्णपाठसहित)
सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अलजजिराबीच रेमिट्यान्स सम्झौता
रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क घटाउन अर्थमन्त्रीसँग माग
७ महिनामा भित्रियो साढे ८ खर्ब रेमिट्यान्स