टोम गार्मेसन
टर्कीकी १९ वर्षीया युवतीलाई तत्काल कलेजो प्रत्यारोपण गर्नुपर्ने थियो। उनमा ‘हेपाटिक इन्सेफालोप्याथी’ विकास भई रगतमा विषाक्त पदार्थ फैलिएर मस्तिष्कमा असर गर्न थालिसकेको थियो। कलेजोले पूर्ण रूपमा काम गर्न छाड्नुअघि नै डाक्टरले उनलाई बचाउन आवश्यक थियो। समय घर्किरहेका कारण उनको तत्काल प्रत्यारोपण आवश्यक थियो।
उनका लागि हालसालै मृत्यु भएकी ९३ वर्षकी महिलाको कलेजो उपलब्ध थियो, जसमा परजीवी संक्रमणका कारण सिस्ट ९फोका० बढेको थियो। प्रत्यारोपणका लागि पनि त्यो अंग बूढो थियो, १९ वर्षीया युवतीलाई सुहाउँदो थिएन।
तत्काल अर्को विकल्प नभएपछि डाक्टरले प्रत्यारोपण अगाडि बढाए। सन् २००८ मा टर्कीको इनोनु विश्वविद्यालय अन्तर्गतको कलेजो प्रत्यारोपण इन्स्टिच्युटमा भएको प्रत्यारोपण सफल भयो। कलेजो प्रत्यारोपण गर्ने युवतीले ६ वर्षपछि छोरी जन्माइन्, जतिबेला उनी २६ वर्षकी थिइन्। तर उनको शरीरमा रहेको कलेजोले १००औं जन्मदिन मनाउँदै थियो।
हाम्रा हजुरबा–हजुरआमाको उमेर बराबरको कलेजो हामीभित्र रहँदा कस्तो होला रु यथार्थ यो हो कि हाम्रा शरीरका केही अंग हामीभन्दा बढी बाँच्न सक्छन् भने केही अंग छिटो बूढा हुन्छन्। त्यसैले जन्मदिनमा हामी कति वर्ष भयौं भन्ने महत्वपूर्ण होइन, हाम्रा अंग र तन्तुको उमेर हिसाब गरेर मात्र हामीले सही उमेर भन्न सक्छौं। दीर्घायु अनुसन्धान क्षेत्रमा चाखलाग्दो विषय यो छ कि हाम्रो सही उमेर हामीले सोचेजस्तो त्यति महत्वपूर्ण हुँदैन।
वास्तवमा जन्मेको वर्षका हिसाबले गणना हुने उमेर र शरीरका अंगका हिसाबले तय हुने ‘जैविक उमेर’ मा हुने फरकलाई अनुसन्धानकर्ताले अध्ययन गरेका छन्। यी दुई अंक एकापसमा सम्बन्धित त छन् तर यी सधैं मिल्दैनन्। हामीलाई थाहा छ, अस्वस्थ खाना र अनिद्राले हामीलाई असमयमै बूढो बनाउँछ।
त्यसो त पछिल्ला वर्षमा भएका प्रविधिको विकासले वैज्ञानिकलाई ‘बायोलोजिकल एज’को आकलन गर्न सजिलो पारेको छ। यसमा डिएनएमा हुने स्थायी परिवर्तन अर्थात् ‘मेथाइलेसन’ एक हो। यो प्रविधिअन्तर्गत विभिन्न वंशाणुलाई सक्रिय तथा निष्क्रिय पारिन्छ र हाम्रो जीवनयापन तथा वातावरणले डिएनएमा पर्ने प्रभावलाई अध्ययन गर्ने गरिन्छ। यो प्रविधिले विभिन्न तन्तुको ‘बायोलोजिकल एज’ तुलना गर्न समेत सहयोग गर्छ। पछिल्ला अध्ययनले महिलाको स्तनका तन्तुमा छिटो बुढ्यौली लाग्ने देखाएका छन्। (बिबिसी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १७ असार २०७७, ०८ : ११
लेखकबाट थप