काठमाडौँ । बङ्गलादेशमा हुने भनिएको १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो ।
साफको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप सन् २०२१ मा गर्ने निर्णय गरेको हो । यसअघि साफ च्याम्पियनसिप यही वर्ष सेप्टेम्बरमा गर्ने तय भएको थियो । बङ्गलादेशले लगातार दोस्रो पटक साफ आयोजना गर्ने जिम्मेवारी पाएको हो । बाह्रौँ साफ सन् २०१८ मा बङ्गलादेशको ढाकामा आयोजना गरिएको थियो । बाह्रौँ साफको उपाधि माल्दिभ्सले जितेको थियो । सो प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।
यसैगरी महिला र पुरुषतर्फ साफ यु–१५ च्याम्पियनसिप र साफ यु–१८ वुमन्स च्याम्पियनसिपबारे साफको अर्को बैठकले टुङ्गो लगाउने बताइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १६ असार २०७७, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेश लगातार दोस्रोपटक बन्यो च्याम्पियन
साफ च्याम्पियनसिप : साविक विजेता बंगलादेशसँग सेमिफाइनल भिड्दै भुटान
साफ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका तथा माल्दिभ्स र भुटान खेल्ने
साफ च्याम्पियनसिप : आज नेपाल र माल्दिभ्स खेल्ने
महिला साफ च्याम्पियनसिप: नेपाल आइपुग्यो पाकिस्तानी टिम