तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नि:शुल्क शिक्षा

सफल खबर संवाददाता

शनिबार, ३० चैत्र २०८१, ११ : १७
तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नि:शुल्क शिक्षा

पाटन(ललितपुर) । तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नेपाली काँग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठद्वारा नि:शुल्क शिक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका छन्।

कोषाध्यक्ष श्रेष्ठले मृतक श्रेष्ठको परिवारको आर्थिक अवस्था कमजोर भएको जानकारी पाएकाले उनको छोरीलाई कक्षा १२ सम्म नि:शुल्क शिक्षाको प्रबन्ध गरिएको जानकारी गराएका हुन् ।

“सविनको परिवारसँग छलफलपछि उहाँहरूको आर्थिक अवस्था कमजोर रहेको थाहा भयो, राम्रो विद्यालयमा पढाउने इच्छा रहेछ, इच्छाअनुसार महर्जनकी आठ वर्षीया छोरीलाई कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा कक्षा १२ सम्म नि:शुल्क अध्ययन गर्ने व्यवस्था गरेको छु । विद्यालय प्रशासन र कीर्तिपुर नगरपालिकाका नगरप्रमुखसँगसमेत यस विषयमा कुरा भएको छ”, श्रेष्ठले भने ।

नेता श्रेष्ठले लामो समयसम्म शैक्षिक क्षेत्रमा योगदान गर्दा धेरैलाई सहयोग गरेको बताउँदै आफ्नो अभिभावक गुमाएकी बालिकाको शिक्षादीक्षाका लागि मानवीयताका आधारमा सहयोग गर्ने बताए ।

नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्र र मानव अधिकार आयोगकी आयुक्त लीली थापाले आफूलाई मृतकका परिवारको बारेमा जानकारी गराउँदै आवश्यक व्यवस्थाका लागि अनुरोध गरेको काँग्रेस कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस