काठमाडौ । साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा आज (आइतबार) साविक विजेता भारत र भुटान भिड्दै छन्।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने सेमिफाइनल खेल दिउँसो साढे १ बजे सुरु हुनेछ।
यो सेमिफाइनल जितेमा भुटान पहिलोपल्ट फाइनल पुग्नेछ। बंगलादेश यसअघि दुईपटक फाइनल पुगेकामा एकपटक उपाधि उचाल्न सफल भयो भने एकपटक उपविजेतामै चित्त बुझाउन पुगेको थियो।
साफ च्याम्पियनसिपमा यी दुई टोलीको भेट चारपटक भएको छ। यी चारै भेटमा बंगलादेश हाबी देखिएको छ। बंगलादेशविरुद्ध भुटानले अहिलेसम्म एक गोलसम्म फर्काउन सकेको छैन।
बंगलादेश समूह ए को विजेताको रूपमा सेमिफाइनलमा खेल्न लागेको हो। साफ च्याम्पियनसिपमा बंगलादेश पाँचौँपटक सेमिफाइनल खेल्दै छ।
भुटान भने समूह बी को उपविजेताका रूपमा अन्तिम चारमा पुगेको हो। भुटान लगातार दोस्रोपटक सेमिफाइनल खेल्न लागेको हो।
अघिल्लो संस्करण पनि नेपालमा नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो।
आजको खेलमा बंगलादेशसँगको त्यो हारको बदला लिने योजनामा भुटानी टोली छ। उता साविक विजेतासमेत रहेको बंगलादेश भने अघिल्लो संस्करणको नतिजा दोहोर्याउने दाउमा छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ कार्तिक २०८१, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेश लगातार दोस्रोपटक बन्यो च्याम्पियन
साफ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका तथा माल्दिभ्स र भुटान खेल्ने
साफ च्याम्पियनसिप : आज नेपाल र माल्दिभ्स खेल्ने
महिला साफ च्याम्पियनसिप: नेपाल आइपुग्यो पाकिस्तानी टिम