साफ च्याम्पियनसिप : आज नेपाल र माल्दिभ्स खेल्ने

सफल खबर संवाददाता

सोमबार, ०५ कार्तिक २०८१, ०८ : ०४
साफ च्याम्पियनसिप : आज नेपाल र माल्दिभ्स खेल्ने

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा आज समूह ‘बी’ मा रहेका नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

यसअघि आफ्नो पहिलो खेल खेलिसकेका दुवै टोली आज दोस्रो खेल खेल्दैछन् । नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो भने माल्दिभ्स श्रीलंकासँग १–० गोलले पराजित भएको थियो ।

सेमिफाइनल पुग्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । जारी प्रतियोगितामा नेपालको १ अंक छ भने माल्दिभ्सअंकविहीन छ।

नेपालले आफ्नो तेस्रो खेल आगामी बिहीबार श्रीलंकासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस