कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १५ असार २०७७, १२ : ०७
कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु

फाइल फाेटाे

ललितपुर । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

ललितपुरस्थित स्टार हस्पिटलमा उपचाररत २९ वर्षीय एक पुरुषको मृत्यु भएको हो । गएराति उपचारकै क्रममा मृत्यु भएका उनको स्वाव परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएको छ । उनलाई श्वास–प्रश्वासमा समस्या भएपछि स्टार हस्पिटलको आईसियूमा भर्ना गरिएको थियो ।  

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना पुष्टि भएपछि उनको शव व्यवस्थापनको लागि वैठक बसिरहेको ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले बताए । युवक दमको रोगी थिए । मृतक युवकसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस