नेपालमा पनि भित्रियो सलह किरा

सफल खबर संवाददाता

शनिबार, १३ असार २०७७, १२ : ३०

काठमाडौं । नेपालमा सलह किरा देखिएको छ । बारा र सर्लाही जिल्लामा सलह किरा देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

कृषि ज्ञान केन्द्र बाराका जितेन्द्र यादवले आज शनिबार बाराको सीमरा, डुबरबाना र निजगढ क्षेत्रमा सलह किरा देखिएको बताएका छन् ।

उनका अनुसार कीरा ठूलो झुण्डमा भने देखिएको छैन । नेपालमा प्रवेश गरिसकेकाले किसान त्रसित बनेका छन् । 

यसअघि कृषि मन्त्रालयको एउटा निकायले अब कीरा नेपाल प्रवेश नगर्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको थियो । तर, यो निष्कर्ष निकालिएको एक महिना पनि नपुग्दै नेपालमा भारतबाट सहल प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस