काठमाडौं । सत्तारूढ दल नेकपाको स्थायी कमिटीको चालु बैठकमा बोल्ने नेताहरूले मिचिएको भूमि फिर्ता गर्न सरकारले थालेको प्रयास प्रशंसनीय भएको भन्दै भारतसँग प्रभावकारी वार्ता गरी अतिक्रमित भूमि फिर्ताका लागि पहल गर्न सरकारलाई सुझाव दिएका छन् ।
सरकारले भने भारतीय पक्षसँग वार्ताका लागि पटक पटक प्रयास गरेको भए पनि भारतीय पक्षबाट बेवास्ता गरिएको बताउँदै आएको छ ।
नेकपा स्थायी कमिटीको जारी बैठकका क्रममा शुक्रबार आफ्ना धारणा राख्दै नेताहरूले अतिक्रमित भूमि फिर्ताका लागि सरकारले प्रभावकारी वार्ता गर्नुपर्नेमा जोड दिए । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा आफ्ना धारणा राख्दै नेताहरूले भारतसँग प्रभावकारी वार्ता गर्न सुझाव दिएको बताए ।
अतिक्रमित भूमि लिम्पयाधुरा, लिपुलेक, कालापानीसहितको नक्सा प्रकाशन र संविधानमै नयाँ नक्सासहितको निशान छापको संशोधन गर्ने कार्य ऐतिहासिक भएकाले सरकारलाई धन्यवाद दिँदै नेताहरूले ती भूमि फिर्ताका लागि प्रभावकारी वार्ता गर्न सुझाव दिएका हुन् ।
‘भारतले अतिक्रमण गरेको नेपालको भूभाग समेटर नक्सा प्रकाशन गरेर राष्ट्रिय एकतासहित संविधानको अनुसूचीमा समेत राख्ने ऐतिहासिक पहलकदमीप्रति नेताहरूबाट सरकरलाई धन्यवाद व्यक्त भएको छ,’ श्रेष्ठले भने, ‘ऐतिहासिक कोसेढुंगालाई तार्किक निष्कर्षमा पु¥याउन अझ दृढतापूर्वक अघि बढ्न सबैबाट सुझाव आएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १३ असार २०७७, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले २८ वैशाखमा संसद्मा जवाफ दिने
प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको भेटवार्ता
प्रधानमन्त्रीद्वारा पुल्चोक-गोन्द्राङ-६ लेन सडकको उद्घाटन, देश विकासमा पूर्वाग्रह नराख्न आग्रह
सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन: प्रधानमन्त्री ओली
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन: प्रधानमन्त्री ओली