दाङ । दाङमा थप एक जना जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणका क्रममा बंगलाचुली गाउँपालिका- २ का वडा अध्यक्ष र एक जना महिला स्वास्थ्य स्वयम सेविकामा कोरोना संक्रमण देखिएको बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसीले जानकारी दिएका छन् ।
महिला स्वास्थ्य स्वयमसेविका वडा नम्बर १ निवासी भएपनि वडा नम्बर २ को क्वारेन्टाइनबाट स्वाब संकलन गरिएको थियो। स्वाब संकलन गरेको १७ दिनपछि रिपोर्ट आज आएको हो । योसँगै दाङमा कोरोना भाइरस संक्रमित हुने जनप्रतिनिधिको संख्या चार पुगेका छ ।
यसअघि बंगलाचुली- ५ र ६ का वडा सदस्य र घोराही उपमहानगरपालिका- २ का वडा अध्यक्षहरूमा पनि कोरोना संक्रमण देखिएको थियो । उनीहरू मध्य बंगलाचुली गाउँपालिका- ५ का वडा अध्यक्ष उपचारपछि घर फर्कि सकेका छन् । आज एक जना स्वास्थ्यकर्मी थपिएसँग दाङमा संक्रमित स्वास्थ्यकर्मीको संख्या १४ जना पुगेका छन् ।बुधबार दाङको बंगलाचुली गाउँपालिका–२ मा एक जना महिला स्वास्थ्य स्वयम सेविका संक्रमित भएपछि जिल्लामा कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या १४ जना पुगेको हो ।
यसअघि दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ५ जना, घोराही उपमहानगरपालिकामा ५ जना, गढवा गाउँपालिकामा २ जना र राजपुर गाउँपालिकामा एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्द्रले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असार २०७७, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै