नेकपा स्थायी कमिटी बैठक भोलि बस्ने

सफल खबर संवाददाता

मंगलबार, ०९ असार २०७७, १२ : ३३
नेकपा स्थायी कमिटी बैठक भोलि बस्ने

फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक भोलि बुधबार बस्ने भएको छ । 

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

बैठकमा स्थायी कमिटीका ४५  सदस्यसहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र  निर्वाचन आयोग,  सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति हुने छ । 

यसअघि गत वैशाख ३१ गते पार्टी केन्द्रीय मुख्यालय धूम्रबाराहीमा बस्ने भनिएको बैठक स्थायी कमिटी सदस्यको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस