४ जना मृत अवस्थामा फेला

सफल खबर संवाददाता

बुधबार, ०३ असार २०७७, १८ : ५८
४ जना मृत अवस्थामा फेला

काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् । 

प्रहरीका अनुसार काठमाडौँको चन्द्रागिरी नगरपालिका-११ सतुङ्गल स्थित सिप्रदी बस्ने एक जना मृत अवस्थामा फेला परेका छन् ।  सिन्धुलीको सुनकोशी गाउँपालिका-३ घर भएका ३५ वर्षीय मेघराज पुरी सोही ठाउँस्थित  डिएम सिनेमा हलको कोठामा बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

 यसैगरी बाँकेको राप्ती सोनारी गाउँपालिका-८ स्थित चङ्गाई खोलाको पुलमुनी बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित त्रिशुली खोलाको किनारको ढुङ्गाको चेपमा सोही गाउँपालिका-४ ढुङ्गे बस्ने ३९ वर्षीय सन्जिव बुलुन बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । गत जेठ ३० गतेदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।  

यसैगरी धादिङको गल्छी गाउँपालिका-६ स्थित त्रिशुली नदीको किनारमा पनि हाल नाम, थर, वतन नखुलेकी महिलाको शव सडिगलेको अवस्थामा बुधबार बिहान फेला परेको छ । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस