विष्णु रिजाल भन्छन्,– ‘प्रचण्डले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो’ त्यसै बोलेका होइनन, आधार छ

संसदमा प्रचण्डले दिएको अभिब्यक्तिमा राजावादीहरुले असन्तुष्टि जनाईरहेका बेला नेकपाका केन्द्रीय सदस्यले आधार भएरै प्रचण्ड बोलेको बताएका छन्

सफल खबर संवाददाता

आइतबार, ३२ जेठ २०७७, १० : २९
विष्णु रिजाल भन्छन्,– ‘प्रचण्डले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो’ त्यसै बोलेका होइनन, आधार छ

काठमाडौं । संसदले हिजो भारतले अतिक्रमण गरेको लिम्पियाधुरासम्मको नेपाली भूमि समेटेर अहिले अध्यावधिक गरिएको नक्सा संविधानको अनुसूचिमा रहेको निशान छापमा समेटने गरी संविधान संसोधन ग¥यो । संविधान संसोधन गर्दा राजनीतिक दलका नेताहरुले एकमतका साथ स्वागत मात्र गरेनन, अनेक टिप्पणी पनि गरे । त्यसैक्रममा नेकपाका अध्यक्ष प्रचण्डले बोलेको केही अभिब्यक्तिले राजनीतिक बजार तातेको छ ।

उनले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो भनी अभिब्यक्ति दिएका थिए । नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले अध्यक्ष प्रचण्डले गणतन्त्रले राजतन्त्रले गुमाएको भूमि फिर्ता ल्याएको भनी हिजो संसदमा बोलेको अभिब्यक्ती भित्रको आधार बलियो भएको तर्क गरेका छन् ।

उनले सामाजिक सन्जाल फेसबुकमा लेख्दै यसो भनेका छन्, –‘हिजो नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा बोल्दा ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो’ भन्नुको आधार छ ।

१. हालसम्म प्राप्त विवरणहरु अनुसार नेपाली भूमि कालापानीमा भारतीय सेना सन् १९६२ मा बसेको हो, जतिबेला सैनिक ‘कु’ मार्फत प्रजातन्त्रको हत्या गरेर राजा महेन्द्रले सक्रिय शासन आरम्भ गरेका थिए । तथ्य–प्रमाण नपाइए पनि त्यतिबेलाका हर्ताकर्ता (विश्वबन्धु थापालगायत) ले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले केही समयका लागि बस्न राजा महेन्द्रसँग अनुमति मागेको उल्लेख गरेका छन् । सन् १९६९ मा नेपालको उत्तरी सीमामा रहेका भारतका १७ वटा सैनिक चेक पोस्ट हटाउँदा पनि कालापानीबाट भारतीय सेना फिर्ता नपठाइएको यथार्थ हो, कुनै आरोप होइन ।

२. वीरेन्द्र राजा भएका बेला सन् १९७५ (२०३२) मा नेपालले पहिलो पटक आफ्नो नक्सा आफैँ जारी गर्दा लिम्पियाधुरा राखिएन, जसका कारण त्यसमाथिको हाम्रो अधिकार छाडेको रुपमा भारतले बुझ्यो र निर्वाध ढंगले हाम्रो भूमि उपभोग गरेको यथार्थ हो, कुनै राजालाई आरोप लगाएको होइन ।

यी माथिको दुई तथ्यका आधारमा अध्यक्ष प्रचण्डले संसदमा बोल्दा आपत्ति जनाउनुपर्ने कारण के छ र ? प्रचण्डले हिजो संसदमा बोल्दै राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याएको अभिब्यक्ती दिएका थिए ।

प्रचण्डको त्यस्तो अभिब्यक्तिपछि राजावादीहरुले असन्तुष्टि जनाईरहेका छन् । राजावादीहरुको असन्तुष्टि पछि नेता रिजालले प्रचण्डको अभिब्यक्तीलाई पुष्टि गर्ने गरी दुई वटा आधार प्रस्तुत गरेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस