काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको राजधानी क्यानबेरामा चाटर्ड उडान गरेको छ । निगमको वाइड बडी ए३३० जहाज आज साँझ ५ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानबेराका लागि उडान भरेको हो । वाइड बडी जहाजले २६३ यात्रु बोकेर क्यानबेरा उडेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । निगमले आज तेस्रो पटक अष्ट्रेलियामा चाटर्ड उडान गरेको छ । यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ ।
नेपालस्थित अष्ट्रेलियाली दूतावासले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको निगमले जनाएको छ । नेपालमा लकडाउनका कारण रोकिएका अष्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक तथा छुट्टीमा आएका ‘पिआर होल्डर’ नेपाली नागरिक सो उडानमा अष्ट्रेलिया फर्किएका हुन् ।
यसअघि वैशाख २४ गते निगमको वाइड बडी जहाजले अष्ट्रेलियाको सिड्नीमा उडान गरेको थियो । त्यस्तै लकडाउनको अवधिमा निगमको वाइड बडी जहाजले पहिलो पटक गत चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो । मलेशियाको क्वालालम्पुर ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको ती दुवै उडान क्रमशः करिब १२ र १३ घण्टाको थियो । निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर क्यानबेरा पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २६ जेठ २०७७, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल एयरलाइन्सको जहाजमा अचेत भेटिएका यात्रुको उपचारका क्रममा निधन
नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए
नेपाल एयरलाइन्सको मकालु विमानले सुरु गर्यो अन्तर्राष्ट्रिय उडान
नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन
अन्तर्राष्ट्रिय उडान गर्ने जहाजबाट भैरहवामा यात्रु ओसार्दै नेपाल एयरलाइन्स
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने