वासिङ्टन । पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति पदको आगामी निर्वाचनमा आफूलाई डेमोक्र्याटिक पार्टीबाट औपचारिक मनोनयन हुन आवश्यक प्रतिनिधिसंख्या (डेलिगेट्स) पुगेको घोषणा गर्नु भएको छ ।
आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा उहाँको प्रतिस्पर्धा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ ।
ट्वीटरबाट आफ्ना मतदाता र समर्थकलाई सम्बोधन गर्दै पूर्व उपराष्ट्रपति बाइडेनले डेमोक्र्याटिक पार्टीको मनोनयनका लागि आवश्यक एक हजार ९९१ जना प्रतिनिधि संख्या आफूलाई प्राप्त हुने सुनिश्चित भएको बताउनुभयो ।
मंगलबार सम्पन्न डेमोक्र्याटिक पार्टीको चुनावमा आफूलाई पार्टीका तर्फबाट मनोनयनमा पर्न आवश्यक संख्या प्राप्त भएको बताउँदै उहाँले अब मुलुकको सर्वोत्तम हितका लागि राष्ट्रपति पदको औपचारिक चुनावी यात्रामा निस्कने बताउनुभयो ।
गत अप्रिलमै राष्ट्रपति पदको दौडमा रहनु भएका अर्का प्रत्यासी भर्मन्टका सिनेटर बर्नी स्यान्डर्सले चुनावी दौड परित्याग गर्नु भएको थियो । उहाँले पनि जो बाइडेनलाई समर्थन गरिसक्नु भएको छ ।
अफ्रिकी अमेरिकी नागरिक जर्ज फ्योयडको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि देशव्यापी प्रदर्शन र हिंसाबीच नै डेमोक्र्याटिक पार्टीको प्राइमरी चुनाव सम्पन्न भएको थियो । फ्योयडको निधनप्रति बाइडेनले अहिले अमेरिकी इतिहासमै कठिन मोडमा उभिएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको विभाजनकारी, क्रोधी राजनीतिको कुनै जवाफ नभएको प्रतिक्रिया दिनु भएको छ ।
उहाँले भन्नुभएको छ, संयुक्तराज्य अमेरिका अहिले वैकल्पिक नेतृत्व खोजिरहेको छ, त्यस्तो नेतृत्व जसले हामीलाई एकताबद्ध गर्न सकोस् ।
प्रदर्शनकारीका सम्बन्धमा बाइडेनको प्रतिक्रिया ट्रम्पको भन्दा विल्कुलै भिन्न छ । ट्रम्पले प्रदर्शन नियन्त्रणका लागि अमेरिकी नागरिक विरुद्ध नै सैनिक परिचालन गर्ने धम्की दिनुभएको थियो ।
कोरोनाभाइरसका कारण मध्य मार्चदेखि आफूखुशी एकान्तबासमा रहनु भएका ७७ वर्षीय बाइडेनले आफू ह्वाइट हाउसमा निर्वाचित भए “प्रणालीगत नश्लियवाद” मा व्यापक परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
उहाँले भन्नुभएको छ, “अहिले हरेक अमेरिकी नागरिक हामीलाई समन्याय चाहिएको छ – र समान अवसर । हामीलाई मद्दत गर्ने राष्ट्रपति अहिलेको चाहना हो ।”
बाइडेनका सामुन्ने अहिले उपराष्ट्रपति छान्ने चुनौती छ । उहाँले यसअघि नै आफूले महिलालाई उपराष्ट्रपति पदमा मनोनयन गर्ने बताइसक्नु भएको छ ।
क्यालिफोर्नियाकी पूर्व महान्यायाधीवक्ता ५५ वर्षीया सिनेटर कमला ह्यारिसलाई बाइडेनले उपराष्ट्रपतिमा छनौट गर्ने सम्भावना रहेको छ ।
जमैकाली–भारतीय मूलकी सिनेटर ह्यारी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको सम्भावित उम्मेदवार पनि ठानिएको थियो तर गत डिसेम्बरमा उहाँले उम्मेदवारी त्याग्नु भएको थियो ।
रियलक्लियरपोलिटिक्सले गरेको मतसर्वेक्षणमा ट्रम्पभन्दा बाइडेन ७.१ विन्दुले अग्रता बनाउनु भएको देखिएको छ । (रासस–एएफपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २५ जेठ २०७७, १७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा टिकटक बन्द, खरिद गर्न नपाएपछि लगाइयो प्रतिवन्ध
अमेरिकामा हिमआँधीका कारण पाँच जनाको मृत्यु
अमेरिकामा भीषण हिमआँधीपछि आपत्काल घोषणा
यमनमा रहेका हुथी विद्रोहीमाथि अमेरिकाको आक्रमण
रुसबाट जफत सम्पत्तिबाट २० अर्ब डलर युक्रेनलाई दिँदै अमेरिका
अमेरिकाले युक्रेनलाई दियो २० अर्ब डलर सहयोग