काठमाडौं । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन शुरु गर्ने तयारी गरेको छ । जारी लकडाउनका कारण विद्यार्थीहरुलाई समस्या भएको भन्दै विकल्पका रूपमा अनलाइन प्रणालीको शुरुआत गर्ने तयारी भएको हो ।
विश्वविद्यालयका विभिन्न आङ्गिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई पाठ्यक्रम पुनरावलोकनका साथै नयाँ ज्ञान दिलाउन अनलाइन प्रणालीको शुरुआत गर्ने तयारी भएको जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताउनुभयो । उहाँका अनुसार लामो समयसम्म क्याम्पस बन्द हुँदा विद्यार्थीहरुमा नकारात्मक प्रभाव पर्ने भएकाले अनलाइन प्रणालीबाट पठनपाठनको तयारी भएको हो ।
उहाँले भन्नुभयो, “इन्टरनेटको पहुँचमा भएका विद्यार्थीहरुलाई एकै पटक अनलाइनमार्फत पठनपाठनको तयारी भएको छ ।” यसका लागि विश्वविद्यालयले मातहतका क्याम्पसका प्राध्यापकहरुका लागि अनलाइन तालिमसमेत सञ्चालन गरेको छ । दश दिने उक्त तालिममा विश्वविद्यालयका १४ वटै आङ्गिक क्याम्पस र केन्द्रीय क्याम्पसका प्राध्यापकहरुको सहभागिता छ ।
अनलाइनबाटै सञ्चालन गरिएको तालिममा कसरी पठनपाठन गर्ने, विद्यार्थीहरुको पहुँच कसरी बढाउने, शिक्षण क्रियाकलापलाई अनलाइन माध्यमबाट कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भइरहेको क्याम्पस प्रमुख अवस्थीको भनाइ छ । विश्वविद्यालयअन्तरगतका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको इन्टरनेटमा पहुँच पुर्याउन नेपाल टेलिकम र एनसेलसँग समेत सहकार्य भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २५ जेठ २०७७, ०६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ विश्वविद्यालयका डाक्टरहरू सर्वोच्चमा
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
नेपाल संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
उपकुलपतिविहीन तीन विश्वविद्यालय
कृषि विश्वविद्यालयमा भर्ना हुने विद्यार्थी बढे