काठमाडौँ । घरेलु कामदारका रुपमा भारतीय मालिकको घरमा काम गर्ने एक नेपालीलाई बिहीबार लण्डनस्थित नेपाली दूतावासले पार्कबाट उद्धार गरेको छ । दश वर्षदेखि ती मालिकको घरमा काम गर्दै आएका उनलाई बुधबार मालिकले घरबाट निकालिदिएपछि पार्कबाट उद्धार गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले भन्नुभयो, ‘‘मालिकसँग झगडा परेर घर छाडी हिँडेका उनलाई पुनः मालिकको घर फर्काउने वातावरण गराएता पनि सो दिन उनी नफर्की त्यहीँ रहेको खबर पाएपछि भोलिपल्ट बिहान उद्धार गरियो ।”
आफू कुन पार्कमा छु भन्नेसम्म थाहा नभएपछि दूतावासले ट्याक्सीमा राखी पार्कबाट ल्याएको थियो । दूतावासकै आग्रहमा अहिले एक नेपाली व्यवसायीले उनको खानबस्ने प्रबन्ध गर्नुभएको जनाइएको छ ।
उद्धार गरिएका व्यक्तिको प्रवेषाज्ञा सकिएको तर कोरोनाका कारण अहिले यहाँको अध्यागमनले जुलाई ३१ सम्म स्वतः थपिदिने प्रावधान मिलाएको छ । अब कोरोनाको प्रकोप कम भई यहाँका विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएपछि उनलाई नेपाल पठाउने दूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १७ जेठ २०७७, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यूएईमा नेपालीले मादक पदार्थ खाएर झगडा गर्न थालेपछि दूतावासले गरायो सचेत
अमेरिकाबाट डिपोर्ट भएका ८ नेपालीलाई अध्यागमनले लगायो प्रहरीको जिम्मा
९ महिना युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार, भोलि स्वदेश फर्किने
नेपाली र चिनियाँ भाषामा अनुवादका लागि छनोट भएका २६ पुस्तक चीनमा सार्वजनिक
चाडपर्व नजिकिएसँगै घर फर्कँदै नेपाली
चीनले मे १ देखि नेपालीलाई भिसा शुल्क नलिने