बेपत्ता योद्दा स्मृति दिवस

परिवारका सदस्यले बेपत्ता आफ्ना परिवारका सदस्य सम्झँदै

सफल खबर संवाददाता

बुधबार, ०७ जेठ २०७७, ०९ : ३१
परिवारका सदस्यले बेपत्ता आफ्ना परिवारका सदस्य सम्झँदै

काठमाडौं । तत्कालिन माओवादीका केन्द्रीय सदस्य दण्डपाणि न्यौपाने, मिलन नेपाली, नविन राई, कमला शर्मा लगायतलाई राज्यले पक्राउ पछि बेपत्ता बनाएको सम्झनामा आज बेपत्ता योद्दा दिवसका रुपमा स्मरण गर्ने गरिन्छ ।

विगत वर्षमा यस दिन बेपत्ता परिवारले आ–आफना परिवारका सदस्यलाई राज्यले बेपत्ता बनाएको दिनको सम्झनामा एकजुट हुने र राज्यलाई झकझकाउने गर्दै आईरहेका थिए । तर यसपटक कोरोनाका कारण एकै ठाँउमा जम्मा भएर कार्यक्रम आयोजना नगरिएपनि आ आफ्नो सापेक्षतामा बेपत्ता योद्दाको सम्झना गर्ने कार्यक्रम राखिएको बेपत्ता परिवारकी सदस्य तथा नेकपाकी नेतृ रुपा महर्जनले जानकारी दिइन् ।

अन्तराष्ट्रिय रुपमा अगष्ट ३० लाई अन्तराष्ट्रिय बेपत्ता दिवसका रुपमा मनाउने गरिएपनि नेपालमा भने आफ्नै सापेक्षता र विशेषतामा फरक दृष्टिकोणका आधारमा जेठ ७ का लागि वेपत्ता योद्दा स्मृति दिवसका रुपमा मनाउने गरिएको छ । तत्कालिन माओवादीले न्याय, समानता र स्वतन्त्रताका लागि २०५२ सालदेखि जनयुद्धको घोषणा गरेको थियो । त्यही आन्दोलनमा सहभागी योद्दाहरुलाई तत्कालिन राज्यले प्रक्राउ गर्ने, त्यसपछि बेपत्ता बनाउने गरेका थिए ।

त्यसरी बेपत्ता पारिएका नागरिकहरुको संख्या बेपत्ता छानविन आयोगमा झण्डै ४ हजारको संख्यामा छ । प्रतिनिधीमुलक रुपमा तत्कालिन माओवादी केन्द्रीय सदस्य दण्डपाणि न्यौपाने लगायतलाई बेपत्ता पारिएको दिनलाई परिवारका सदस्यले बेपत्ता योद्दा दिवसका रुपमा स्मरण गर्ने गरेका हुन् ।

न्यौपाने लगायतलाई राज्यले २०५६ जेष्ठ ७ गते काठमाडौंको सुन्धाराबाट पक्राउ गरी बेपत्ता बनाएको थियो ।  तर, माओवादी जनयुद्ध अहिले अन्त्य भईसकेको छ । शान्ति प्रक्रियाका सत्य निरुपण र बेपत्ता छानविन आयोगले मात्र काम गर्न बाँकी छ । अन्य प्रक्रिया टुंगिसकेको छ । यी दुई आयोगले काम गर्न नसकेपछि तीन महिना अगाडी मात्रै आयोगमा नयाँ पदाधिकारीहरु नियुक्त भएर आएका छन् । 
 

प्रतिक्रिया दिनुहोस