कोरोना अपडेट : विश्वभर ३ लाख १६ हजारको मृत्यु, ४८ लाख बढी संक्रमित

एजेन्सी

सोमबार, ०५ जेठ २०७७, १२ : ४१

जेनेभा (रासस–एएफपी) । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख १६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४८ लाख नाघेको छ ।  

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ८२ हजार २५७ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ९५ हजार ६०० जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टामा विश्वभर ३ हजार ६१८ जनाको ज्यान गएको छ । 

प्राप्त समाचार अनुसार विश्वभर करिब ४४ हजार ८१९ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २५ लाख ८३ हजारको स्वास्थ्य अवस्था सामान्य छ ।  

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३४ हजार ६३६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । 

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ८३५ जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९० हजार ९७८ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १४५, स्पेनमा ८७ र फ्रान्समा ४८३ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १६ हजार १२२ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ४८५ जनाको ज्यान गएको छ ।  

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति 

क्र.सं.    महादेश    कूल संक्रमित     निको भएका    कूल मृत्यु

     विश्वभर           ४८,०५,२२९    १८,६०,०५६    ३,१६,७३२

१.    युरोप              १७,८०,८१८    ७,७०,९२७     १,६२,८५२
२.    उत्तर अमेरिका    १६,८६,७२३    ४,३४,२३२      १,०३,०६६
३.    एसिया           ८,०१,१६४      ४,५९,३९५     २४,७६९
४.    दक्षिण अमेरिका    ४,४०,४४४     १,५३,३९९      २३,१२५
५.    अफ्रिका         ८६,७०२        ३३,५२७        २,७८५
६.    ओसेनिया(अस्ट्रेलिया)    ८,६५७    ७,९२५          १२०
    
दक्षिण एसियाली मुलुकहरु            
१.    भारत            ९६,१६९    ३६,८२४    ३,०२९
२.    पाकिस्तान       ४२,१२५    ११,९२२    ९०३
३.    बंगलादेश       २२,२६८    ४,३७३    ३२८
४.    अफगानिस्तान    ६,६६४    ७७८      १६९
५.    श्रीलंका          ९८१       ५३८      ९
६.    माल्दिभ्स        १,०९४    ५८       ४
७.    नेपाल            ३०४       ३६       २
८.    भुटान            २१         ५          –

प्रतिक्रिया दिनुहोस