काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी ९ दिनकी सुत्केरी महिलाको कोरोनाकै कारण मृत्यु भएको बागमती प्रदेश सरकारले जनाएको छ । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले ती महिलाको कोरोनाकै कारण मृत्यु भएको बताए ।
‘धुलिखेल अस्पतालमा मृत्यु भएको बाह्रविसे नगरपालिका–९ राम्चेको सुत्केरी महिलामा कोरोना पोजेटिभ देखिएकोमा संक्रमित महिलाको मृत्यु पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आएको छ । यो नतिजाप्रति दुखित छु’, दुलालले भने ।
उनले सम्बन्धित स्थानहरु जिल्ला कोरोना क्राइसिस मेनेजमेन्टको तर्फबाट शिल गरिएको पनि जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ जेठ २०७७, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै