काठमाडौं । पहिलो पटक नेपाली सेनामा कार्यरत दुई जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जनकपुरमा गरिएको पीसीआर परीक्षणमा सेनाका दुई कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिए ।
उनीहरु मध्य पृतना महोत्तरीमा कार्यरत रहेको पाण्डेको भनाइ छ । उनीहरुलाई एम्बुलेन्समार्फत काठमाडौं ल्याउन लागिएको र काठमाडौं ल्याइसकेपछि सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा राखिने सेनाले जनाएको छ ।
शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थय मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले महोत्तरीका ५२ र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताएका थिए । उनीहरु नै सेनामा कार्यरत भएको खुलेको हो । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ जेठ २०७७, १७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै