- नारायण शर्मा
नवलपरासी । भारतको कलकत्तावाट चितवनको भरतपुर आएका पुर्वी नवलपरासीका कोरोना संक्रमित पुरुष चढेको ना ३ ख २६२० नम्बरको ट्रक खोजि शुरु भएको छ ।
पुर्वी नवलपरासीका प्रहरी प्रमुख एसपी दिपक रेग्मीले नेपाली सिमानावाट उनि चढेको ट्रक नम्बर जानकारी पाएपछि खोजि गरिहेको जानकारी दिए । ति ब्यक्ति चितवनको भरतपुर स्थित पारश बसपार्कमा राति साढे १० बजे झरेका थिए । त्यहावाट त्यो ट्रक सोझै काठमाण्डौ गएको भन्ने जानकारीका आधारमा खोजि शुरु भएको हो ।
ट्रकमा चालक सहित को को थिए भन्ने खुलेको छैन । चालकलाई समेत कोरोना संक्रमण हुने जोखिम उच्च भएकाले खोजि कार्य तिब्र पारिएको जानकारी दिए । ति चालक कहाकहा झरे र के के गरे , को कस्लाई भेटे भन्ने जानकारी लिन र उनको स्वाब परिक्षण गराउन खोजि गरिएको हो । गाडिमा अरु को को थिए भन्ने खुलेको छैन ।
सबै ट्रक ब्यबसायि समिति र र नाकामा खोजि तिब्र पारेपनि बिहिवार सम्म कुनै पत्तो नपाइएको उनले बताए । मंगलवार राति भरतपुरवाट त्यो ट्रक काठमाण्डौकालागि हिडेको जानकारी छ ।
भारतको कलकत्ता स्थित एक अर्ध सरकारी कार्यालयमा कार्यरत देबचुली नगरपालिका वडा नम्बर १२ लक्षिमीपुरका ति ब्यक्ति गत मंगलवार त्यहि ट्रकमा चढेर भरतपुर सम्म आएका थिए ।
उनका छिमेकी चिकित्सकले उनि आउदै गरेको जानकारी पाएपछि राति ११ बजे उनलाई भरतपुरमा झारेर कोभिड १९ प्रयोगशालामा पठाएका थिए । उनको बुधवार स्वाब परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।
उनका छिमेकि एक चिकित्सकले आउदा आउदै चितवनको भरतपुरमै रोकेर भरतपुर कोरोना बिषेश अस्पतालमा स्वाब टेष्ट गर्न लगाएका थिए । उनि भरतपुरमै बसेका छन । उनि घर आएका छैनन ।
उनि कलकत्तामा अर्ध सरकारी कार्यालयका जागिरे हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०७७, १८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै