काठमाडौं । काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा कोरोना संक्रमण परीक्षण गरिएको छ । आज बिहीबार कोभिड–१९ को आरडीटी तथा पीसीआर परीक्षण गरिएको हो ।
बजार क्षेत्रभित्र प्रत्यक्ष रुपमा कृषि वस्तुको खरिद बिक्रि कार्यमा संलग्न हुने व्यवसायीहरु, व्यवसायीका सहयोगीहरु, ढुवानी कार्यमा संलग्न चालक तथा सहचालकहरु, भरिया तथा मजदुरहरु, सरसफाइ मजदुरहरु, सुरक्षाकर्मी तथा कर्मचारी लगायतका बजार संचालन कार्यमा संलग्न हुने व्यक्तिहरुको परीक्षण गरिएको हो ।
यहाँ ६ सय जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट परीक्षण गरिएको छ । त्यस्तै ३ सय जनाको पीसीआर प्रविधिबाट कोरोना संक्रमण परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।
बिहीबार परीक्षण नसकिए शुक्रबार पनि नमुना लिइने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०७७, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै