भक्तपुर । मध्यपुर थिमिमा बस्ने कोरोना भाइरस संक्रमित युवतीको साथीको रिपोर्ट नेगेटिभ आएको छ ।
संक्रमण पुष्टि भएकी सुनसरीको झुम्काकी २५ वर्षीय युवतीको साथीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको भक्तपुर अस्पतालले जानकारी दिएको छ ।
मंगलबार युवतीमा कोरोना पोजिटिभ देखिएपछि उनको साथीलाई बुधबार भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा राखि स्वाब परीक्षणका लागि टेकु अस्पतालमा पठाइएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएका स्वाबको रिपोर्ट नेगेटिभ देखिएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले बताइन् ।
संक्रमित युवतीको साथीलाई २१ दिन क्वारेन्टाइनमा राखिने भक्तपुर अस्पतालले जनाएको छ । भक्तपुरको दुवाकोटमा बस्दै आएका एक पुरुषमा पनि मंगलबार कोरोना संक्रमणको देखियो थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०७७, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै