नारायणी अस्पतालबाट भागेका २ जना कोरोना संक्रमित प्रहरी नियन्त्रणमा

सफल खबर संवाददाता

विहीबार, ०१ जेठ २०७७, १२ : ३८
नारायणी अस्पतालबाट भागेका २ जना कोरोना संक्रमित प्रहरी नियन्त्रणमा

पर्सा । नारायणी अस्पतालबाट भागेका २ जना कोरोना संक्रमितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट हिजो बुधबार भागेका भारतीय नागरिकहरुलाई सोही दिन साँझ प्रहरीले नियन्त्रणमा लिएको हो । दुवै जनालाई नियन्त्रणमा लिएर बुधबार नै नारायणी अस्पतालमा उपचारका लागि राखिएको छ । उनीहरु अस्पतालबाट भाग्नुको कारण भने खुलेको छैन ।

प्रहरीका अनुसार एक जनालाई तिलाबे पुल र अर्कालाई हरिहरपुलबाट नियन्त्रणमा लिइएको हो । तीमध्ये एक जनालाई हिँडिरहेको अवस्थामा र अर्कालाई मावली घरमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको हो । 

प्रतिक्रिया दिनुहोस