काठमाडौँ । पश्चिम नवलपरासीका पहिलो कोरोना संक्रमित अवैध बाटो हुँदै नेपाल आएको खुलेको छ । संक्रमित व्यक्ति प्रतापपुर गाउँपालिका वडा ५ श्रीरामपुरका ३६ वर्षीय पुरुष हुन् ।
संक्रमित व्यक्ति यही बैशाख २८ गते भारतबाट नेपाल प्रवेश गरेका थिए । उनी सहजै नेपाल प्रवेश नपाएपछि अवैधबाटो हुँदै नेपाल प्रवेश गरेका हुन् । तर उनलाई घर पुग्न नपाउँदै स्थानीयहरुले बैदौली पुलबाट नियन्त्रणमा लिइ गाउँपालिका र प्रहरीको सहयोगमा क्वारेन्टाइन पठाएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालयले २९ गते उनको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो । जिल्लामा अहिलेसम्म अरुको रिपोर्ट नेगेटिभ आएको र उनमा मात्र कोरोना पोजेटिभ देखिएको छ । जिल्लामा कोरोना पोजेटिभ भेटिएपछि स्थानीयमा सन्त्रास बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०७७, २१ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै