काठमाडौं । अस्पतालकै कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पुल्चोकमा रहेका निदान अस्पताल र आरोग्य फाउण्डेसन सिल गरिएको छ ।
अस्पतालमा कार्यरत एक कर्मचारीमा मंगलबार कोरोना संक्रमण देखिएपछि बुधबार विहानैबाट सिल गरिएको हो । अस्पताल सिल गरिएपछि कुनै पनि व्यक्तिलाई प्रवेश दिइएको छैन् ।
अस्पतालमा कार्यरत नर्समा मंगलबार कोरोना परीक्षण गरिएपछि पोजेटिभ देखिएको थियो । वैशाख ९ गते इटहरी गएर वैशाख २९ गते इटहरीबाट फर्किएकी ती नर्सको राष्ट्रिय विज्ञान प्रयोशालामा स्वाव परीक्षण गरिएको थियो ।
२९ गते नै परीक्षणका लागि स्वाव संकलन गरिएपनि रिपोर्ट मंगलबार राति मात्रै आएको थियो । स्वाव दिएर उनी घर पनि गएको बताइएको छ । इटहरीबाट आउने क्रममा अस्पताल प्रशासनका एकजना कर्मचारी र एम्बुलेन्स चालकले उनलाई साँगाबाट लिएर आएका थिए । अहिले संक्रमित नर्सलाई लिएर आउने प्रशासनका कर्मचारी र चालक अस्पताल भित्रै रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०७७, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै