काठमाडौं । सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको हो ।
आज सोमबार मात्रै एकैदिन ११ जना कोरोनाभाइरसको संक्रमित थपिएका छन् । बिहान मात्र कपिलवस्तुका १० जना व्यक्तिमा संक्रमण भएको पुष्टि भएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ भने ३१ जना उपचारपछि घर फर्किसकेका छन्। तीमध्ये पनि तीन जनामा पुनः संक्रमण देखिएपछि उनीहरूको उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ बैशाख २०७७, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै