आज लकडाउनको ४७ दिन पुग्यो

सफल खबर संवाददाता

शनिबार, २७ बैशाख २०७७, १२ : १९
आज लकडाउनको ४७ दिन पुग्यो

काठमाडौं । आज लकडाउनको ४७ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी लक डाउन जेठ ५ गतेसम्म तोकिएको छ । यद्यपी लक डाउनका विषयमा त्यसपछि के गर्ने भन्ने विषयमा सरकारले निर्णय गरेको छैन् । लक डाउन जारी रहेपनि निर्माण क्षेत्र र विभिन्न उत्पादनका क्षेत्रहरु भने सुचारु हुन थालेका छन् । 

सरकारले विकास निर्माणका काम, उत्पादनका क्षेत्र र अत्यावश्यक वस्तु ढुवानीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेसँगै विभिन्न उद्योग, खाद्यान्नका पसलहरु सञ्चालनमा आएका छन् । 

बैंकिङ तथा वित्तिय क्षेत्रहरुपनि सञ्चालनमा आउन थालेका छन् । नेपालमा अहिले कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । ३० जना उपचारपछि निको भएर घर फर्किएका छन् । 

१ सय ३५ जना संकास्पद व्यक्ति विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।