सेतीप्रादेशिक अस्पतालमा उपचाररात संक्रमित एक महिला डिस्चार्ज

सफल खबर संवाददाता

शुक्रबार, २६ बैशाख २०७७, २१ : ३६
सेतीप्रादेशिक अस्पतालमा उपचाररात संक्रमित एक महिला डिस्चार्ज

काठमाडौं ।केलालीको सेतीप्रादेशिक अस्पतालमा उपचाररात कोभिड १९ संक्रमित एक जना महिला पनि डिस्चार्ज भएकि छन ।

लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले बताए। 

३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको छ पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो।